ताजा समाचार
सिन्धुलीमा १७०१ जना निर्वाचन प्रहरीको आवेदन खुल्यो

सिन्धुली ,पुस २४ —
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले निर्वाचन प्रहरीका लागि १८ वर्ष पुगेका ५४ वर्ष ननागेका नेपाली नागरिकले दरखास्त पाउने गरी आवेदन गरेको छ । फारम बुझाउने अवधी पुष २५ गते देखि माघ १ गते सम्म रहेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन शान्ति सुरक्षामा परिचालन गर्नका लागि एकिकृत सुचना गरी १५२२ जना प्रहरी र १७९ जना सशस्त्र प्रहरीबलका लागि आवेदन माग गरिएको छ । आवेदनमा भूपू सेना, प्रहरी वा सुरक्षा क्षेत्रमामा काम गरी जागिरवाट निस्किएका व्यक्तिफाई प्रथामीकतादिने बताइएको छ ।
करार अवधी ४० दिन वा निर्वाचन मिती थपबढ भएमा सरकारले तोके वमोजिम हुने कुरा सुचनामा उल्लेख गरिएको छ





