ताजा समाचार

नागढुंगा चेकपोस्टमा प्रहरीले माइकिङ गर्दै यात्रुलाई काठमाडौं फर्कन आग्रह

काठमाडौं, असोज १८ –
अहिले बिहान देदी देशको धेरै भुभागमा वर्षा भैइरहेको छ । राजधानीको प्रवेशद्वार नागढुंगा चेकपोस्टमा प्रहरीले यात्रु र सवारी साधनलाई माइकिङ गर्दै उच्च सतर्कता अपनाइरहेको छ। ‘अगाडि नबढ्नुहोला, काठमाडौं फिर्ता भई सुरक्षित हुनुहोला’ भन्ने सन्देशसहित प्रहरीले सर्वसाधारणलाई सचेत गराएको हो।

अत्यधिक वर्षा र सम्भावित भू–क्षयका कारण बाटो अवरुद्ध हुने अवस्था देखिएकोले सुरक्षाको लागि यस्तो आग्रह गरिएको प्रहरीले जनाएको छ। विशेषगरी रातको समयमा यात्रु तथा चालकलाई अनावश्यक जोखिम नलिन र सुरक्षित हुन राजधानीमै बस्न सूचित गरिएको हो।

प्रहरीको भनाइ अनुसार सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्ने, बाटो चिप्लिने र सवारी दुर्घटना बढ्ने सम्भावना भएकाले यात्रु तथा स्थानीयलाई सतर्क रहनुपर्ने देखिएको छ। आपतकालीन अवस्थामा मात्रै आवतजावत गर्न र प्रहरीसँग समन्वय गर्न पनि आग्रह गरिएको छ।

यसअघि पनि मौसम पूर्वानुमान महाशाखाले देशका मध्य र पश्चिम क्षेत्रका डाँडाकाँडा तथा राजमार्ग क्षेत्रमा ठूलो वर्षा हुने चेतावनी जारी गरेको थियो। त्यसैले, नागढुंगा हुँदै भित्रिने तथा बाहिरिने यात्रुलाई प्रहरीले निरन्तर सूचना प्रसारण गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button